नेपाल समूहको समानान्तर कमिटी गठनपछि अध्यक्ष थापाको प्रतिक्रिया : हतारमा हतास र गैर जिम्मेवारीपूर्ण काम भयो – Nepal Press

नेपाल समूहको समानान्तर कमिटी गठनपछि अध्यक्ष थापाको प्रतिक्रिया : हतारमा हतास र गैर जिम्मेवारीपूर्ण काम भयो

पोखरा ।  माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेपछि नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले नेपाल समूहले हतारमा हतास र गैरजिम्मेवारीपूर्ण काम गरेको प्रतिक्रिया दिएका छन् ।

कास्कीमा नेकपा एमालेको अध्यक्षमा भने कृष्ण थापा छन् । उनी गण्डकी प्रदेश सभा सदस्यसमेत हुन् । ‘यसबारे मलाई धेरै जानकारी आएको छैन । तर, साँच्चै उहाँहरूले समानान्तर कमिटी गठन गर्नुभएको हो भने यो एकदमै हतारमा हतास र गैरजिम्मेवारीपूर्ण काम गर्नुभयो,’ नेपाल प्रेस प्रेससँग कुरा गर्दै अध्यक्ष थापाले भने ।

थापाले आफूइतर समूहले समानान्तर कमिटी गठन गरेपछि के गर्ने भन्नेबारे पार्टीले निर्णय गर्ने जानकारी दिए । ‘व्यक्तिगत रुपमा यो हतारमा गरिएको निर्णय हो । संस्थागत रुपमा अब पार्टीले के निर्णय गर्छ त्यसपछिमात्रै भन्न सकिन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर