तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई एमालेका प्रमुख सचेतक शाहको सुझाव – Nepal Press

तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई एमालेका प्रमुख सचेतक शाहको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । नेपालप्रेससँग कुरा गर्दै उनले प्रमुख सत्तारुढ दल एमालेले सर्मथन फिर्ता लिएको दुई सातासम्म पनि सरकारमा टाँसिरहनु नैतिकहीन भएको बताएका हुन् ।

‘हामीले चैत पाँच गतेदेखि नै लागू हुनेगरी सर्मथन फिर्ता लिइसकेका छौं । त्यसका आधारमा अहिलेको सरकार अल्पमतमा छ । एक हिसाबमा सरकार अवैध भइसक्यो’, शाहले भने, ‘अब पनि उहाँ सरकारमा टाँसिरहनु अराजनीतिक र अवैध हो ।’

उनले आफ्नो दलका तर्फबाट सहभागी तीन मन्त्री केही दिनमै राजीनामा दिने पनि बताए । ‘चैत २२ गते दलको बैठक बोलाएका छौं, त्यहाँ हाम्रो रणनीतिबारे छलफल हुनेछ ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा अहिले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा एमालेका तर्फबाट सहभागी छन् । उनीहरु तीनै जना माधव नेपाल पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर