सिटिजन्स बैंकले पनि ल्यायो यू एस डलर इकम कार्ड – Nepal Press

सिटिजन्स बैंकले पनि ल्यायो यू एस डलर इकम कार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यू एस डलर कार्डको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सकिने बैंकले जनाएको छ ।

यू एस डलर कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो ग्राहक खाता पहिचान विवरण अद्मावधिक गरेको एवं प्यान कार्ड अनिवार्यरुपमा लिनुपर्ने बताएको छ ।

यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर