डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, दुई जना घाइते – Nepal Press

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, दुई जना घाइते

कैलाली । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर बुधवार १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ७ स्थित ऐरी गाउँकी ४० बर्सिया नारुदेवी ऐरी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो ।

ढिस्कोमा पुरिएर सोही वडाकी ३० बर्सिया शारदा ऐरी र २० बर्सिया कमला विक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

नयाँ वर्षको लागि घर पोत्ने माटो लिन गएको बेला उनीहरू ढिस्कोमा पुरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर