टीएमएसमा समस्या आएपनि ४३ अंकले बढ्यो नेप्से – Nepal Press

टीएमएसमा समस्या आएपनि ४३ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आज ४३.३६ अंकले बढेको छ । आज टीएमएसमा समस्या आएपनि नेप्से परिसूचक बढेको छ । आज टीएमएसमा समस्या आउँदा नेप्से कारोबार एक घण्टा समय बढाइएको थियो ।

आज नेप्से परिसूचक ४३.३६ अंकले बढ्दै २६१९.०३ विन्दुमा रोकिएको छ । आज भएको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ताको किनबेचमा ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हाइड्रो इलेक्ट्रिसिटीको शेयर कारोबार सबैभन्दा ३६ कराेड रूपैयाँ बराबरकाे भएको छ । यसैगरी अपर तामाकोशीको शेयर कारोबार पनि ३१ करोड रुपैयाँ बराबरको भएको छ ।

आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको शेयर कारोबार २४ करोड बराबरको भएको छ । ट्रेडिङ समूह बाहेक सबै समूहको शेयर बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर