आस्क मी भर्चूअलमार्फत ५० बढी कम्पनीमा रोजगारीको अवसर – Nepal Press

आस्क मी भर्चूअलमार्फत ५० बढी कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । आस्क मी म्यानेजमेन्टले मार्च ३१ देखि एप्रिल २ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा दोस्रो पटक अनलाइन प्लेटफर्ममा आस्कमी भर्चूअल जब फेयर २०२१ गर्ने भएको छ ।

फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्न सक्नेछन् ।

देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटर बाटै आबेदन दिन सकिने आयोजकले जनाएको छ ।

कतिपय कम्पनीहरुले अनलाईन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरेका छन् । कर्मचारी भर्ना गर्ने कम्पनीले आफ्नो रोजगाईमा कर्मचारी भर्ना गर्न पाउने भएकाले पनि यो मेला उपलब्धिमुलक हुने अपेक्षा गरिएको छ ।

यस प्ल्याटफर्ममा स्वदेश फर्कन चाहने तर बिदेशमा रहेका नेपालीहरुले आफुलाई उपयुक्त रोजगारी पाउने उक्तम विकल्प हुने आयोजकले जनाएको छ ।

भर्चूअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

फिचर रिक्रुएटरका रुपमा जागिर दिलाउनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक,अग्नी ग्रुपले सहभागिता जनाउने भएका छन ।

त्यसैगरि सांग्रिला डेभलपमेण्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागिता जनाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर