नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण – Nepal Press

नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।

दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ । । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

‘दक्षिण एसियाको अर्थतन्त्र पुनर्उत्थान हुनेमा आशाबादी छौं तर, महामारी अहिलेसम्म नियन्त्रणमा आइनसकेको कारणले अझैपनि संका गर्ने ठाउँ भने रहेको विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष हार्टवीग स्च्याफरले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *