शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक – Nepal Press

शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

काठमाडौं । नेपाल शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो मुलुक बनेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ ।

राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।

६५ वर्षमाथिका ६६८ जना शरणार्थीले खोप लगाएका हुन् । थप खोप आपूर्ति भए अन्य शरणार्थीलाई पनि लगाइने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

नेपालमा भुटानी र तिब्बती गरी २० हजार शरणार्थी छन् । ‘शरणार्थीलाई खोप लगाएर नेपालले जनस्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको छ’ नेपालस्थित शरणार्थी उच्चायोग प्रतिनिधि कार्लोस बर्माले बताए ।


प्रतिक्रिया

One thought on “शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

  1. काम गर्यो स्थानीय सरकार र स्थानीय स्वास्थ्यकर्मी ले, तर यहाँ त उनिहरूको सम्बोधन नै छैन्। नालयकीपन🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर