अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का – Nepal Press

अन्ततः कोरोना त्रासमा पोस्टपोन्ड भयो ‘सूर्यवंशी’, बलिउडलाई अर्को धक्का

मुम्बइ । अन्ततः कोरोनाभाइरसको दोस्रो लहरको त्रासमा प्रतीक्षित बलिउड फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ ।

बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले पोस्टपोन्डको पुष्टि गरेका छन् । औपचारिक पोस्टपोन्डबारे जानकारी दिने तयारी छ । उनका अनुसार अक्षय कुमार स्टारर फिल्म २९ अप्रिलमा रिलिज हुनेछैन ।

भारतमा कोरानाको दोस्रो लहर सुरु भएपछि यसअघि तीनवटा फिल्म पोस्टपोन्ड भैसकेका छन् जसमा चेहेरे, बन्टी और बब्ली २ र हाथी मेरे साथी छन् ।

सूर्यवंशी यसअघि दुईपटक पोस्टपोन्ड भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर