पत्रकार महासंघमा निर्मला शर्माको प्यानल घोषणा, बन्लिन् त पहिलो महिला अध्यक्ष ? – Nepal Press

पत्रकार महासंघमा निर्मला शर्माको प्यानल घोषणा, बन्लिन् त पहिलो महिला अध्यक्ष ?

काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा राजनीतिक दल आवद्ध पत्रकार संगठनहरुले आ–आफ्ना प्यानल घोषणा गरेर जान खोज्दा बागी विद्रोही उम्मेदवारले संकट पारेका छन् ।

विशेषगरी कांग्रेस र प्रचण्ड–माधव नेपाल पक्षीय गठबन्धनले संयुक्त प्यानल औपचारिक रुपमा घोषणा गर्न सकेको छैन । अध्यक्षदेखि सबै पदमा कम्तिमा एकदेखि तीन चारजनासम्मले बागी उम्मेदवारी दिएका छन् ।

केहीले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मंगलबारसम्ममा फिर्ता लिए पनि अरुको कायमै छ । उपाध्यक्ष पदका उम्मेदवार धु्रव लम्साल, महासचिव पदका उम्मेदवार राजेश मिश्र र सचिवका उम्मेदवार नकुल अर्यालले गठबन्धनलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।

अध्यक्षमा कांग्रेस र प्रचण्ड-माधव गठबन्धनबाट प्रेस युनियनका विपुल पोखरेल उम्मेदवार छन् । सोही पदमा हालका सचिव रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन् । दाहाल पत्रकारबीच लोकप्रिय छन् ।

एमाले निकट प्रेस चौतारीविरुद्ध बलियो गठबन्धन बनेपछि सो समूहमा भने बागी उम्मेदवारीको समस्या देखिएको छैन । चौतारीकै माधव नेपाल पक्ष कांग्रेस–माओवादी गठबन्धनमा सामेल भएको छ ।

चौतारीले जनता समाजवादी र विप्लव नेकपा निकट पत्रकार संगठनहरुसँग गठबन्धन गरेर अध्यक्षमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मालाई अघि सारेको छ ।

सो गठबन्धनबाट भने पदाधिकारीसहित सबै पदमा एक–एक जनाको उम्मेदवारी परेको छ । केही सदस्यको मात्र मिलाउन बाँकी रहेका उपाध्यक्ष गणेश पाण्डेले बताए ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रेस चौतारीले निर्मला शर्माको प्यानल घोषणा गरेको छ । पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अवसर नगुमाउन उनीहरुले देशभरका पत्रकारलाई आह्वान गरेका छन् ।

शर्मालाई समावेशी सञ्चार अभियानले समेत साथ दिएको छ । जसमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), दलित, महिला, मधेसी, थारुलगायतका पत्रकारका संस्था छन् ।

मंगलबार घोषित निर्मला शर्माको प्यानलमा खुला र अन्य केही सदस्य बाहेकको नामवाली यसप्रकार छ–

 

टिम निर्मला

अध्यक्षः निर्मला शर्मा

वरिष्ठ उपाध्यक्षः माधव नेपाल

महिला उपाध्यक्षः दाना केसी

समावेशी उपाध्यक्षः अवेदेशकुमार झा

महासचिवः बालकृष्ण बस्नेत

खुला सचिवः रामकृष्ण ज्ञवाली

महिला सचिवः निमा काफ्ले

मधेसी सचिवः स्वेता सिन्हा

आदिवासी सचिवः शाहीमान राई

दलित सचिवः मधु शाही

एशोसियट सचिवः रामेश्वर कार्की

कोषाध्यक्षः कृष्ण गिरी

लेखा समिति संयोजकः द्धारिका काफ्ले

 

सदस्य

प्रदेश १

रोहितचन्द्र भट्टराई

दिपेन्द्र रुम्दाली राई

 

प्रदेश २

केसी लामिछाने

सुरेश यादव

 

वागमती

नरेन्द्र सापकोटा

रमा दाहाल

 

गण्डकी

भीमलाल श्रेष्ठ

रामजी लम्साल

 

लुम्बिनी

आशिष गुप्ता

टीका बस्नेत

 

कर्णाली

तुलाराम पाण्डे

वसन्त विश्वकर्मा

 

सुदूरपश्चिम

मानबहादुर साउद

 

उपत्यका

हेमराज सिलवाल

विदुर ढुंगेल

 

प्रतिष्ठान

अनन्त अनुराग

वाइपी घिमिरे

 

एशोसियट

विष्णुप्रसाद सुवेदी

 

मधेसी महिला

सिमा शर्मा

मधेसी पुरुष

वीरेन्द्र केएम

आदिवासी जनजाति महिला

अन्जना शिल्पकार

 

खसआर्य महिला

प्रतिमा सिलवाल

 

दलित महिला

रुपा गहतराज

 

आदिवासी जनजाति

विजय चाल्मिङ


प्रतिक्रिया

One thought on “पत्रकार महासंघमा निर्मला शर्माको प्यानल घोषणा, बन्लिन् त पहिलो महिला अध्यक्ष ?

  1. हार्नेहरुलाई हाइलाइट गर्नुभो। सत्ताभक्तहरुलाई अप्ठेरो छ यसपटक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर