१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, चाँडै आइपीओ निष्कासन हुने – Nepal Press

१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, चाँडै आइपीओ निष्कासन हुने

काठमाडौं । गैरआवसिय नेपाली संघले स्थापना गरेको १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।

अध्यक्ष कुमार पन्तका अनुसार कम्तीमा १० अर्बको कोष बनाइ नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

अध्यक्ष पन्तले भने, ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरि आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *