आजदेखि नेपालमा कोरोना संक्रमण ५ प्रतिशत माथि, थपिए १६७ संक्रमित, ३ को मृत्यु – Nepal Press

आजदेखि नेपालमा कोरोना संक्रमण ५ प्रतिशत माथि, थपिए १६७ संक्रमित, ३ को मृत्यु

काठमाडौं । नेपालमा मंगलबारदेखि कोरोना संक्रमण पाँच प्रतिशतभन्दा माथि चढेको छ । २४ घण्टामा मुलुकमा १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका संक्रमितसँगै कूल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । सोही अवधीमा ३ हजार १ सय ४० पीसीआर परीक्षण भयो ।

११५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर