प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना – Nepal Press

प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतीय राष्ट्रपतिको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा बाइपास सर्जरी गरिएको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको ट्वीट गर्दै संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर