माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित) – Nepal Press

माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित)

देशभर समानान्तर कमिटी ब्युँताउने

काठमाडौं । एमालेको माधव पक्षधर नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप लगाएको छ ।

माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।

माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।

विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन गरेको आग्रहविपरीत ओलीले स्वेच्छाचारी कदम चालेको उनको आरोप थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर