म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (तस्वीरहरु) – Nepal Press
म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (तस्वीरहरु)
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७७ चैत १७ गते १६:०७
२०७७ चैत १७ गते १६:०७

काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । म्यानमारमा भइरहेको हिंसा तथा दमन अन्त्यका लागि संयुक्त राष्ट्रसंघलाई दबाव दिन भन्दै समाजले म्यनमार दूताबासअघि प्रदर्शन गरेको हो । समाजले म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामुहिक मदम चाल्नुपर्ने आवाज उठाएको छ ।