प्रचण्डको निवेदन- सर्वोच्चको फैसलाले केपी ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो (पूर्णपाठ) – Nepal Press

प्रचण्डको निवेदन- सर्वोच्चको फैसलाले केपी ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको एकता बदर गर्ने फैसलाले केपी ओलीको अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएका छन् ।

फागुन २३ को फैसलाविरुद्ध न्यायिक पुनरावलोकन निवेदनमा प्रचण्डले ओलीको नाम नलिई सो फैसलाले कसैको राजनीतिक अभिष्ट पूरा गरिदिएको र कसैलाई असहज बनाइदिएको बताएका छन् ।

रिट निवेदनमा भनिएको छ, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी रहने छैन । त्यसको प्रत्यक्ष प्रभावको भागीदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्छ ।’

प्रचण्डले फैसलाले कसैलाई सहज र कसैलाई असहज परिस्थिति सिर्जना गरेको भन्दै रिटमा सो फैसला पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर