प्रचण्डले भने- अदालतले ढिला नगरी एमाले-माओवादी एकता बदरको फैसला पुनरावलोकन गरोस् – Nepal Press

प्रचण्डले भने- अदालतले ढिला नगरी एमाले-माओवादी एकता बदरको फैसला पुनरावलोकन गरोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्ने फैसला चाँडै नै पुनरावलोकन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध न्यायिक पुनरावलोकन गरेर फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिक स्थायित्वको लागि पनि अदालतले चाँडो यसको पुनरावलोकन गर्नुपर्ने बताए ।

पार्टीका नेताहरू र वरिष्ठ अधिवक्ता शम्भु थापासहितको टोली लिएर गएका प्रचण्डले भने, ‘विगतमा पनि यस्ता मुद्दा पुनरावलोकन भएका छन् । एकताबद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने फैसला सर्वोच्च अदालतले सच्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर