सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका दुइ जना विरुद्ध सात वटा उजरी – Nepal Press

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका दुइ जना विरुद्ध सात वटा उजरी

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका दुइ जना विरुद्ध संसदीय सुनुवाई समितिमा सात वटा उजुरी परेका छन् । समितिले सूचना जारी गरेको अन्तिम दिन सोमबार साँझसम्म सात वटा उजुरी परेका संसदीय सुनुवाई समितिले जनाएको हो ।

समितिका अनुसार न्याय परिषदले सिफारिस गरेका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी विरुद्ध पाँच वटा र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडाल विरुद्ध दुइ वटा उजुरी परेका हुन् । सुवेदी विरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी लगायत पाँच जनाले उजुरी दिएका छन् भने चुँडाल विरुद्ध पनि दुइ जनाले उजुरी दिएका छन् । चुँडाल विरुद्द उजुरी हालेका उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न भनेकाे समितिले जनाएको छ ।

सोमबार साँझ उजुरी दिने समयसिमा सकिएपछि अब संसदीय सुनुवाई समितिको बैठक तीन दिन पछि अर्थात चैत १९ गतेका लागि बोलाइएको छ । १९ गते बस्ने बैठकमा उजुरी हेरफेर हुने, न्यायाधीशमा सिफारिस भएका व्यक्तिले पेश गरेको कार्ययोजना हेरिने र उजुरीकर्तालाई बोलाउने मिति तोकिने जनाइएको छ ।

न्याय परिषदको फागुन २८ गते बसेको बैठकले सुवेदी र चुँडाललाई सर्वोच्च अदालको न्यायधीशमा सिफारिस गरेको थियो । परिषद्ले सिफारिस गरेपछि चैत एक गते सर्वोच्च अदालतको न्यायधीश नियुक्ति भएका व्यक्तिका सम्बन्धमा उजुरी गर्न संसदीय सुनुवाई समितिले सर्बसाधारणका लागि सूचना जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *