अध्यादेश पेश नहुँदा अन्योल बढ्यो : संसद सचिवालय (भिडियो) – Nepal Press

अध्यादेश पेश नहुँदा अन्योल बढ्यो : संसद सचिवालय (भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको पुन:स्थापना भई अधिवेशन बोलाइए पनि संसद बैठकहरू औपचारिकतामा सीमित बनेको छ । राष्ट्रियसभाको बैठक नबोलाइएकोले प्रतिनिधिसभा विजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।

संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रियसभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । प्रतिनिधिसभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रियसभाको लागि विजनेश हुने देखिन्छ।

प्रतिनिधिसभामा ३६ वटा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमध्ये ४ वटा विधेयक अगाडि बढाउन सकिने संघीय संसदका सह-प्रवक्ता दशरथ धमलाले बताए । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरूलाई पनि अगाडि बढाउन सकिने उनको भनाइ छ।

‘संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ,’ धमला भन्छन्।

बैठकमा केही अध्यादेश पनि पेश हुन बाँकी छन्। पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको धमलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर