व्यापारी तिम्सिनाको घरमा छलफल सकेर निस्किए प्रचण्ड-माधव – Nepal Press

व्यापारी तिम्सिनाको घरमा छलफल सकेर निस्किए प्रचण्ड-माधव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ।

सोमबार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको हो । छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए।

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।

यसअघि चैत १३ मा पनि प्रचण्ड-माधवले त्यही घरमा छलफल गरेका थिए । १२ चैतमा उनीहरूले कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए ।

प्रचण्डसँग के विषयमा कुराकानी भयो भन्ने नेपाल प्रेसको प्रश्नमा रावलले सामान्य भेटघाट भन्दै थप बताउन चाहेनन् ।

यसबीचमा प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा मात्रै चारपटक बैठक भएको छ भने त्यसअघि खुमलटारमा निरन्तर छलफल चलिरहेका थिए । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ ।

कांग्रेस र जनता समाजवादी पार्टी अविश्वास प्रस्ताव दर्ता गर्न तयार नभएकाले दुवै नेता अप्ठेरोमा परेका छन् । नेता नेपालले कांग्रेस र जसपाको दया कृपा रहुन्जेल ओली सरकार टिकिरहने हालैका नागरिक संवादमा बताएका थिए ।

जसपाको महन्थ ठाकुर पक्षलाई ओलीको समर्थनमा नउभिन प्रचण्ड-माधवले आग्रह गरिरहेका छन् । नेकपा एमालेमा माधव नेपालमाथि कारबाहीको सम्भावना बढिरहेका बेला प्रचण्डसँग भावी रणनीतिबारे कुराकानी भइरहेको नेपालनिकट एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर