गायिका अन्जु पन्तकी छोरी परितोषिका मोडल हन्टमा सेकेन्ड रनरअप घोषित – Nepal Press

गायिका अन्जु पन्तकी छोरी परितोषिका मोडल हन्टमा सेकेन्ड रनरअप घोषित

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२१’को उपाधि प्रविण चापागाईँ र अनिशा शाक्यले जितेका छन् । होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतिस्पर्धामा चापागाइँ पुरुष र शाक्य महिलातर्फको शीर्ष विजेता घोषित भएका हुन् ।

यो छैठौं सिजनमा ३४ युवा एवं ३२ युवती वीच प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फ फस्टरनर अप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिलातर्फ श्रेयशी श्रेष्ठ फस्टरनरअप र गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त सेकेन्ड रनर अप घोषित भए ।

प्रतिस्पर्धीले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विधार्थी डिजाइनरले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनमा सजिएर र्‍याम्प शो गर्दै कला प्रस्तुत गरेका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरजसिंह ठकुरी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ ।

प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर