चीनले नेपाललाई दिने ८ लाख डोज खोप एयरपोर्ट पुग्यो (तस्वीरहरु) – Nepal Press

चीनले नेपाललाई दिने ८ लाख डोज खोप एयरपोर्ट पुग्यो (तस्वीरहरु)

काठमाडौं । चीनले नेपाललाई दिने भनेको कोरोनाभाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

चिनियाँ दूतावासका अनुसार यो खोप सोमबार काठमाण्डू आइपुग्ने जनाइएको छ । खोप लिन नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर