प्रचण्ड भन्छन्ः मलाई समर्थन फिर्ता नलिन दवाव छ, दाह्रा किटेर बसेको छु (भिडियो) – Nepal Press

प्रचण्ड भन्छन्ः मलाई समर्थन फिर्ता नलिन दवाव छ, दाह्रा किटेर बसेको छु (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु गल्ती  भएको बताएका छन् । उनले केही दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा माधव नेपालसँगै उपस्थिति भएका प्रचण्डलाई कार्यक्रमका प्रस्तोता कृष्ण खनालले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिनुहुन्छ भनी सोधेका थिए । जवाफमा प्रचण्डले भने, ‘विरोधीले जे कुरालाई राम्रो भन्छऽ त्यसलाई राम्रो ठान्नु हुन्न रे राजनीतिमा । विरोधिले जे नराम्रो ठान्छ त्यसलाई सकारात्मकरुमपा हेर्नुपर्छ रे । हिजो ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नली है भनेर मलाई जबरजस्त दवाव दिनुभएको छ । झन् उल्टो पर्छ है भन्नुभएको छ ।’ प्रचण्डले अगाडि थपे, ‘तर म अब नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिनँ । जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई धेरै समर्थन गर्न सक्दिनँऽ चाहे जेसुकै होस । केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु । अविश्वास प्रस्ताव र समर्थनसँगै होस भनेर दारा किटेर समर्थनलाई रोकेको मात्र हो ।’

प्रचण्डले सर्वोच्चले संसद विघटन उल्टाएपछि आफूहरुले रिल्याक्स महसुस गरेको बताए । ‘त्यसलाई ठूलो युद्ध जितेको ठानेर हामीले रिल्याक्स गरेकै हो, त्यो गल्ति भयो,’ प्रचण्डले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर