शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु – Nepal Press

शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका- १३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख  गणेश चन्दले जानकारी दिए ।

घटनास्थल पुग्न तीन/चार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रोसंग हुन नसक्ने हुँदा घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी चन्दले बताए ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर