बङ्लादेशमा मोदीविरोधी प्रदर्शनीमा चार जनाको मृत्यु – Nepal Press

बङ्लादेशमा मोदीविरोधी प्रदर्शनीमा चार जनाको मृत्यु

एजेन्सी । बङ्लादेश भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध प्रदर्शनमा उत्रेका ४ जनाको ज्यान गएको छ।

जर्मनीको अन्तर्राष्ट्रिय समाचार आउटलेट डेचेभेलेका अनुसार शुक्रबार बाङ्लादेशको स्वतन्त्रताको स्वर्ण तथा बाङ्लादेशका पिता वङबन्दु शेख मुजिबुर रहमानको शताब्दी समारोहमा सरिक हुन पुगेका मोदीलाइ इस्लाम विरोधी भएको भन्दै प्रदर्सन भएको थियो ।

राजधानी ढाका र तटीय शहर चित्तगोङमा मोदी विरोधी विशाल प्रदर्शनी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रदर्शनकारी जम्मा गर्न प्रयोग भएको भन्दै केही क्षेत्रगरुमा फेसबुक र वाट्सयाप जस्ता सामाजिक सञ्जालहरु बन्देज लाइएको छ। नेपाली मार्च १७ बाट सुरु भएको दश दिने समारोहमा उपस्थित हुने मोदी अन्तिम पाहुना हुन् ।

उनको शनिबार सम्बोधन हुनेछ। नेपालका तर्फबाट रास्ट्रपति बिध्यादेवी भण्डारी दुई दिने भ्रमण सकेर नेपाल फर्किसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर