ज्योति लाइफकाे आईपीओ बाँडफाँड, १२ लाख ४८ हजार खाली हात – Nepal Press

ज्योति लाइफकाे आईपीओ बाँडफाँड, १२ लाख ४८ हजार खाली हात

काठमाडौं । फागुन २१ गते आईपीओ जारी गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता ढिला गरी सेयर बाडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम गरी ६६ लाख ६६ हजार कित्ता सेयर निष्कासन गरेकोमा पाँच प्रतिशत अर्थात तीन लाख ३३ हजार कित्ता समूहिक लगानी कोष र त्यति नै बराबरको सेयर कर्मचारीलाई छुट्याएको थियो । बाँकी रहेको ५९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको थियो ।

हालसम्म जारी गर्ने कम्पनीमध्ये यस कम्पनीको सेयरमा सर्वाधिक आवेदन गरेको बिक्रि प्रवन्धकले जनाएको छ । यस कम्पनीकाे आईपीओ खरिदका लागि १८ लाख ४२ हजारले आवेदन दिएकोमा १७ लाख ९७ हजारको मात्रै योग्य आवेदन रहेको बिक्रि प्रवन्धक एनएमबी क्यापीटलले जनाएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथा मार्फत पाँच लाख ९४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन भने बाँकी १२ लाख ४८ हजार आवेदक रित्तो हात भएका छन् । यस कम्पनीको सेयर खरिद गर्नका लागि फागुन २१ गते देखी २६ गतेसम्मको म्याद तोकिएको भए पनि फागुन २२ गते शनिवार र फागुन २४ गते महिना दिवस परेकाले आईपीओ बिक्रीका लागि ६ दिनको समय दिइएको थियो ।

यस कम्पनीको सेयर मेरो सेयर र सीडीएससीको वेवसाइड मार्फत सेयर बाँडफाँडको नतिजा हेर्न सकिने बताए पनि यो सामाचार तयार पर्दासम्म नतिजा वेवसाइडमा अपडेट गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर