माधव नेपाल पक्षले अध्यक्ष ओलीसँग मागेको स्पष्टीकरण – Nepal Press

माधव नेपाल पक्षले अध्यक्ष ओलीसँग मागेको स्पष्टीकरण

काठमाडौं । पार्टीले सोधको स्पष्टीकरणको जवाफ एमालेका चार नेताले बुझाएका छन् ।

पार्टी अनुशासनको उल्लघंन गरेको भन्दै ७ चैतमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार ८ चैतमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले नेताहरु माधवकुमार नेपाल, भीम रावल, शुरेन्द्र पाण्डे र घनश्याम भुसालाई स्पष्टीरकण सोधका थिए।

सबै नेताहरुले ९ गते स्पष्टीरकण पाए । तीनदिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको एक दिनपछि सुरेन्द्र पाण्डे बाहेक अरुल एक दिन ढिलो गरि बिहीबार स्पष्टीकरण बुझाएका छन् ।

स्पष्टिकरणको आसय
व्यक्तिगत रुपमा जवाफ दिएको भए पनि चारै नेताले बुझाएको पत्रको सार एउटै छ । सबैले स्पष्टीकरणमा सोधिएको प्रश्नको जवाफ भन्दा पनि प्रतिप्रश्न गरेका छन् ।

अध्यक्ष ओलीलाई सम्बोधन गरि बुझाएको पत्रमा थुप्रै प्रतिप्रश्न गरिएको छ। ‘प्रतिप्रश्न पत्र’मा जवाफको साटा सबै नेताले अध्यक्ष ओलीमाथि गम्भीर आरोपहरु लगाएका छन्।

सबै नेताले गरेका प्रतिप्रश्नको सार खिच्दा ओलीमाथि नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने गलत मनसाय राखेको आरोप लगाइएको छ ।

त्यस्तै फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुरासय राखेको आरोप लगाइएको छ ।

कमीकमजोरी सच्याउन गरिएको आग्रहलाई अस्वीकार गरेको, विधानको उल्लंघन गरेको र भ्रम सिर्जना गर्ने उद्देश्यबाट स्पष्टीकरण पत्र पठाइएको आरोप ‘प्रतिप्रश्न’ पत्रमा लगाइएको छ।

नेताहरुलाई पार्टीका तर्फबाट सोधिएको स्पष्टीकरणमा नेकपा हुँदाको बखतका कुराहरु पनि उल्लेख गरिएको थियो । त्यस विषयमा पनि उनीहरुले प्रतिप्रश्न गरेका छन्।

जस्तो प्रचण्डलाई पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भंग गरेको, प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने निर्णयलाई लत्याएको र ‘प्रचण्डले बैठक बोलाए पार्टी फुट्छ’ भनेर किन धम्की दिएको अरोप पनि प्रतिप्रश्न पत्रमा लगाइएको छ।

एमालेले सोधेको स्पष्टीकरणमा नेताहरुलाई ‘प्रचण्डको मतियार’ बनेको अरोप लगाएइको थियो ।

विदेशी गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटारमा भेटेको, पार्टीमा छलफल नगरी किन लकडाउन गरेको, दल विभाजनसम्बन्धी कानुन ल्याएको र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई धम्कीपत्र पठाएको आरोप लगाउँदै अध्यक्ष ओलीसँग जवाफ माग गरिएको छ ।

त्यस्तै प्रतिनिधि सभाको विघटन गरेको विषय, संसद् बोलाउन राष्ट्रपतिसमक्ष गरिएको समावेदनमा समस्या बल्झाएको, सांसदको हस्ताक्षरलाई फर्जी भनेको आरोप लगाउँदै यी विषयमा जवाफ दिनु पर्ने माग गरिएको छ।

नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन्।

नेता नेपालले बुझाएको जवाफमा त पार्टीले स्पष्टीकरण सोध्दा उल्लेख गरेका पार्टी विधानको धारा उल्लेख गर्दै अध्यक्षको गतिविधि कारबाही योग्य भएको समेत उल्लेख गरिएको छ।

भनिएको छ, ‘तपाईले गर्नुभएका उक्त गतिविधिहरु नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ।’

नेता नेपाल लगायतले पठाएको स्पष्टीकरणपत्र अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको हातमा पुगेको छ । दुवै नेतासहितले सो स्पष्टीकरण पढेको बताइएको छ ।

स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको र उल्टै प्रचण्डको मतियारका रुपमा आफ्नो पार्टी र अध्यक्षमाथि आक्षेप लगाइएको ओलीनिकट स्रोतको प्रारम्भिक प्रतिक्रिया छ ।

प्रचण्डको ‘१९ पन्ने अभियोग पत्र’कै शैलीमा जवाफ दिएको निष्कर्ष निकाल्दै थप कारबाहीको दिसामा अध्यक्ष ओली अघि बढ्ने सम्भावना देखिएको छ।

सबैका स्पष्टिकरण अध्ययन गरेपछि विधानबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने वा नबढ्ने पार्टीले निर्णय गर्ने ओलीनिकट रहेका एक नेताले बताएका छन्।

स्पष्टीकरणमा कुनै पनि गल्ती र पश्चाताप नदेखिएको भन्दै अध्यक्ष ओली निकट पक्ष नेताहरुलाई कारबाहीबाट पछि नहट्ने संकेत गरेको छ।

यसबाट एमाले भित्रको लडाइँ विभाजनतर्फ जाने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर