‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ जारी – Nepal Press

‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ जारी

पर्यटकले पीसीआर परीक्षण गराई अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ । सरकारले ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ जारी गरेको छ । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने पर्यटकको आवागमनलाई व्यवस्थित गर्न पर्यटकको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद् बैठकले मापदण्ड स्वीकृत गरेपछि जारी भएको हो ।

नयाँ मापदण्डअनुसार कोभिडविरुद्धको खोप लगाएका र पीसीआर परीक्षणको रिपोर्ट लिएर आएका पर्यटकले नेपाल आइसकेपछि सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ । परीक्षणको नतिजा नेगेटिभ आएका पर्यटक सम्बन्धित संस्था वा एजेन्सीमार्फत पदयात्रा वा पर्वतारोहणमा जान वा सम्बद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन सकिनेछ ।

तर भारतीय पर्यटकको हकमा भने विशेष व्यवस्था गरिएको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकले नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गरिने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ।

यो नयाँ व्यवस्थासँगै यसअघि जारी भएका मापदण्ड तथा आदेश सबै खारेज भएका सस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यस्तो छ जारी नयाँ मापदण्ड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर