बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख – Nepal Press

बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख

काठमाडौं । नेपाल बैंकर्स संघले प्रदेश २ प्रमुखको कार्यलयमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख राजेश अहिराज, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत पदाधिकारीको उपस्थीति थियो ।

प्रदेश प्रमुख अहिराजले बैंकमा खोलिने खाता, खाता नभई जनतासँगको नाता भएको बताए । विपन्न नागरिकलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ-टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको अहिराजले बताएका थिए ।

उनले कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाहरूसँग नीतिगत समन्वय गरी बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहने बताए ।

कार्यक्रममा गभर्नर अधिकारीले प्रदेश २ को उद्यमशीलतालाई प्रवर्द्धनको लागि प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर