अपर तामाकोशी आयोजनाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने – Nepal Press

अपर तामाकोशी आयोजनाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले आयोजनाको स्थलगत अध्ययनका लागि सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको छ ।

भ्रमण टोली सदस्यहरूमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल छन् ।

अध्ययन भ्रमणको क्रममा आयोजनामा भइरहेको प्रगति र भावी कामको बारेमा जानकारी र सुझाव आदानप्रदान गरिने सभापति सुवेदीले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर