पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल (भिडियो) – Nepal Press

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल (भिडियो)

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका- ५ मा रहेको  आँधीमूल मन्दिर  पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

गाउँपालिकाले मन्दिर आसपासका क्षेत्रमा विकास निर्माण  थालेपछि यो क्षेत्र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरू टाढाटाढादेखि धाउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि छ ।

मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ ।

गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यात्रा सहज बनाउन पृथ्वी राजमार्गको सत्रसयदेखि आँधीमूलसम्मको सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताए ।

पृथ्वी राजमार्गको सत्रसयदेखि पैदल हिँड्दा करिब एक घण्टा लाग्छ । सवारीमार्फत् भने १५ मिनेटमै पुग्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर