कोरोना त्रास : यशराजको ‘बन्टी और बब्ली २’ पोस्टपोन्ड, ‘सूर्यवंशी’ समेत अन्यौलमा – Nepal Press

कोरोना त्रास : यशराजको ‘बन्टी और बब्ली २’ पोस्टपोन्ड, ‘सूर्यवंशी’ समेत अन्यौलमा

काठमाडौं । भारतमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै फिल्म रिलिजमा पुनः अनिश्चितता देखिएको छ । रिलिज घोषणा भएका फिल्मले समेत पुनः पोस्टपोन्ड वा रिलिज स्थगन गर्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विहिबार मात्र यशराज ब्यानरको प्रतीक्षित फिल्म बन्टी और बब्लीको दोस्रो सिक्वेलले प्रदर्शनलाई पोस्टपोन्ड गरेको छ । ट्रेड एनालिस्ट सुमित कँडेलका अनुसार नयाँ प्रदर्शन मिति पछि घोषणा हुनेछ ।

यसअघि यो फिल्म अप्रिल २३ मा रिलिज हुने पूर्वनिर्धारित योजना थियो । फिल्ममा सैफअली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी लगायतको अभिनय थियो ।

भाइरस संक्रमण ह्वात्तै बढेपछि अप्रिल ३० मा रिलिज हुने तयारीमा रहेको अक्षय कुमार स्टारर सूर्यवंशी समेत पोस्टपोन्ड हुने खतरा बढेको छ । विश्लेषक कँडेलका अनुसार सूर्यवंशीसँग या त पोस्टपोन्ड या ओटीटी प्लेटफर्ममा आउने दुई विकल्प छन् ।

रोहित सेठ्ठीको यो फिल्मलाई नेटफिल्क्सले महंगो मूल्यमा डिजिटल राइट पनि खरिद सकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *