अखिल क्रान्तिकारीका नेताविरुद्ध बालिका बलात्कार आरोपमा उजुरी – Nepal Press

अखिल क्रान्तिकारीका नेताविरुद्ध बालिका बलात्कार आरोपमा उजुरी

दाङ । नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका नेता विष्णु चौधरीविरुद्ध बालिका बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।

बिजौरी निवासी चौधरीले आफैंले चलाएको अनाथालयमा रहेकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले चौधरीविरुद्ध बालिका बलात्कारमा गएराति नै उजुरी प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । यसअघि पनि देउखुरीकी युवतीमाथि बलात्कारको आरोपमा चौधरीले सजाय भोगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *