खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त – Nepal Press

खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौं । नेपाल खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को बैठकले संस्थानको अध्यक्षमा गुणाखर भुसाललाई नियुक्त गरेको छ ।

सदस्यहरूमा भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ, संविधानसभा सदस्य निर कुमारी कुँवर (निरु दर्लामी), नारायणी जिसी, रमेश केसी र बासुदेव अर्याल नियुक्त भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई खानेपानीमन्त्री मणि थापाले बुधबार पदवहाली गराउँदै खानेपानी सम्बन्धी समस्याहरूको पहिचान गरी सहज आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *