कंगना स्टारर ‘थालाबी’ ट्रेलर : जयललिता बायोपिकमा एक्टिङ भर्सेस राजनीति – Nepal Press

कंगना स्टारर ‘थालाबी’ ट्रेलर : जयललिता बायोपिकमा एक्टिङ भर्सेस राजनीति

मुम्बइ । बलिउड बायोपिक थालाबीको ट्रेलर लन्च भएको छ । अभिनेता कंगाना रनावतको ३४ औं जन्मदिन अवसरमा ट्रेलरलाई सार्वजनिक गरिएको हो ।

तामिलनाडुकी पूर्वमुख्य मन्त्री जय ललिताको जीवनमा आधारित फिल्ममा कंगनाले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । फिल्मदेखि राजनीतिसम्म उनको करियरलाई चित्रण गरिएको छ ।

जयललिता ६ पटक मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् । एएल विजय निर्देशित फिल्मले अभिनयको पृष्ठभूमिबाट राजनीतिमा आएको कारण पुरुष राजनीतिज्ञले जयललितालाई गर्ने आशंका चित्रण गर्छ ।

ट्रेलरमा हेर्दा कंगनाले आफूलाई जय ललिताको पात्रमा गरेको रुपान्तरण महत्वपूर्ण लाग्छ । उक्त पात्रमा अनुबन्धित भएलगत्तै कंगनाले भरतनाट्यमको कक्षा पनि लिएकी थिइन् ।

हलिउड अभिनेता क्याप्टेन मार्भल र ब्लेड रनर अभिनेता जेसन कलिन्सले कंगनालाई पात्रको लुक्स रुपान्तरणमा सहयोग गरेका थिए । उनकै सल्लाहमा कंगनाले केही महिनामै २० किलो तौल घटाएकी थिइन् ।

अरविन्द स्वामी, प्रकाशराज, भाग्यश्री, जिसु सेनगुप्ता समेत मुख्य भूमिकामा छन् । आगामी २३ अप्रिलमा फिल्म प्रदर्शन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *