श्रीमान्‌सँ‌‌गै होटलमा बसेकी सिर्जनाले झ्यालबाट हामफालेर गरिन् आत्महत्या – Nepal Press

श्रीमान्‌सँ‌‌गै होटलमा बसेकी सिर्जनाले झ्यालबाट हामफालेर गरिन् आत्महत्या

सिर्जनाका श्रीमान् विश्वास ११ दिनअघि विदेशबाट आएका थिए

जनकपुरधाम । श्रीमान‍्सँगै होटलमा बसेकी सिर्जना सुनार श्रीपालीले झ्यालबाट हामफालेर आत्महत्या गरेकी छन् । जनकपुरस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसमा बसेकी सिर्जनाले मंगलबार राति झ्यालबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

सिर्जनाको शव बुधबार बिहान होटल छेवैमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याग्दी बिमकी सिर्जनाले होटलको पाँचौ तलबाट हाम फालेकी हुन् ।

यातायात कार्यालय जनकपुरबाट स्कुटरको लाइसेन्स बनाउन श्रीमान् विश्वाससँगै सिर्जना दुई दिनअघि जनकपुर आएकी थिइन् ।

श्रीमान विश्वास भन्छन्, ‘राति गफगाफ गरेर सुत्यौं । बिहान उठ्दा सिर्जना देखिनँ । खोजी गर्दा शव भेटियो ।’

विश्वास ११ दिनअघि मात्रै विदेशबाट आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर