निश्चलको ‘जिन्दाबाद’मा दयाहाङ र सौगात, लोकेसन खोज्दै रारा – Nepal Press

निश्चलको ‘जिन्दाबाद’मा दयाहाङ र सौगात, लोकेसन खोज्दै रारा

काठमाडौं । ‘लुट’ले निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्ललाई एक ठाउँमा ल्यायो । उनीहरुले अनस्क्रिन-अफस्क्रिन धेरै प्रोजेक्टमा पनि सहकार्य गरेका छन् ।

यी तीनजनाबीच पुनः सहकार्य हुने भएको छ । निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’मा सौगात र दयाहाङलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो ।

फिमेल लिड यो फिल्ममा तय नभैसकेको निश्चलले जानकारी दिए । अहिले उनी कर्णालीको रारा तालमा छायांकन गर्नको लागि आवश्यक लोकेसन खोज्दै त्यसतर्फ पुगेका छन् । उनले जुम्ला र मुगुमा फिल्म सुटिङ हुने जानकारी दिए ।

आगामी बैशाखदेखि छायांकन तयारी थालिएको जिन्दाबादलाई साहित्यकार बुद्धि सागरले लेखेका हुन् । अभिनयमा सक्रिय निश्चल ‘लुट’को दोस्रो सिक्वेलपछि उपयुक्त निर्देशकीय स्क्रिप्टको खोजीमा थिए । उनले आफूलाई मन खाने स्क्रिप्ट भेटिएमात्र निर्देशन गर्ने बताएका थिए ।

जिन्दाबादको फिमेल लिडमा स्वस्तिमा खड्का हुनसक्ने अड्कल काटिएपनि नेपाल प्रेससँग कुरा गर्दै स्वस्तिमाले आफू अहिलेसम्म निश्चित नभैसकेको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर