संसदमा खगराजको कविता- गगनदेखि सभामुखसम्मलाई ‘पिन्च’ (भिडियो) – Nepal Press

संसदमा खगराजको कविता- गगनदेखि सभामुखसम्मलाई ‘पिन्च’ (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान राजनीतिक परिवेशप्रति व्यंग्य गरेका छन् ।

कवितात्मक शैलीमा आफ्ना भनाइ राख्दै अधिकारीले माओवादी केन्द्र, गगन थापादेखि सभामुखसम्मलाई ‘पिन्च’ गरे ।

यस्तो थियो शून्य समयमा उनको भनाइ :

नैतिकता त गबजको छ- सरकारलाई दिएको सर्मथन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ।

अविश्वास प्रस्ताव फेल हुन्छ भनेर डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ।

ठाउँ ठाउँमा नेकपाको मलामी जाने कोही छैनन् भन्ने, नेकपा एमालेदेखि सातो जाने ।

चुनावमा जान खुट्टा कमाउने, लोकतन्त्रको दुन्दुभि बजाउने। नैतिकता कता गयो ? कसरी खोज्ने ?

सभामुख महोदय, तपाईं सभामुख हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?

आफैं भत्ता बढाउने, अनि प्रधानमन्त्री सांसद सर्मथकले माग गरे भनेर प्रचार गराउने, अनि नैतिकता के हो ? कसले कसलाई पढाउने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर