नेप्से दोहोरो अंकले बढ्यो, पाँच अर्ब बढीको कारोबार – Nepal Press

नेप्से दोहोरो अंकले बढ्यो, पाँच अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार शेयर बजारमा नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । हिजो ३४ अंकले घटेको बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको हो ।

आज एक करोड २७ लाख ६ हजार ७१० कित्ताको किनबेचमा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोकार सबैभन्दा धेरै ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी, अपर तामाकोशीको शेयर मूल्य ३२ करोड रुपैयाँ, नेपाल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी आज पनि चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर