बसको ठक्करबाट पैदलयात्रीको मृत्युपछि लम्कीमा तनाव, प्रहरीको गोली लागेर २ युवा घाइते – Nepal Press

बसको ठक्करबाट पैदलयात्रीको मृत्युपछि लम्कीमा तनाव, प्रहरीको गोली लागेर २ युवा घाइते

आक्रोशित स्थानीयसँगको झडपमा ५ प्रहरी घाइते

कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्कीमा स्थानीयले प्रदर्शन गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्जेल घाइते भएका छन् । दुवैजनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रदर्शनकारीलाई तितरबितर बनाउन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् ।

ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर