अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह – Nepal Press

अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण रोक्न नेपाली दूतावासको आग्रह

काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाका विभिन्न राज्यमा एसियाली मूलका अमेरिकी आप्रवासीमाथि भैरहेका हिंसात्मक आक्रमण रोक्न आग्रह गरेको छ ।

गतसाता एटलान्टाको एउटा मसाज पार्लरमा आठसहित ६ जना एसियालीको ज्यान जाने गरि गोलीप्रहारको घटना भएको थियो । साथै, सनफ्रान्सिस्कोमा नेपाली उवर चालकमाथि तीन युवतीले दुव्र्यहार गरेका थिए । दुतावासले विज्ञप्ती जारी गर्दै यी घटना भत्र्सनायोग्य रहेको जनाएको छ ।

दूतावासले यस्ता हमलाको शिकार भएकाहरुप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै घटनामा संलग्नहरूमाथि तत्काल कारबाही अगाडि बढाइएकोमा आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि जातीय समूहमाथिको दुर्व्यवहार र विभेद वान्छनीय छैन । अमेरिकी अधिकारीहरूले यसमा अनुसन्धान गरी अपराधीलाई कारबाही र पीडितलाई न्याय दिनेमा दूतावास विश्वस्त छ ।’

दूतावासले अमेरिकामा बस्दै आएका नेपालीहरूलाई अमेरिकी मूल्य मान्यतालाई पनि सम्मान गर्दै, कानूनको पालना गर्दै र आफ्नो संस्कृति अपनाउँदै बसोबास गर्न आग्रह गरेको छ । गतसाता एटलान्टा घटनापछि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले एसियाली माथिको आक्रमण रोक्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर