महन्थलगायतका जसपा नेता बालुवाटारमा – Nepal Press

महन्थलगायतका जसपा नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसापा) का नेताहरू बालुवाटार पुगेका छन् ।

सम्भावित सत्ता समीकरणका लागि प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच सोमबार साँझ पनि छलफल भएको थियो ।

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् ।


प्रतिक्रिया

One thought on “महन्थलगायतका जसपा नेता बालुवाटारमा

  1. यो संसार आजको युगमा यति सानो भैसक्यो कारण ब्याक्ती बिचारले गर्दा त्यसैले देश र जनामा एकता आजको आबसेक्ता छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर