सामाजिक विकास मन्त्रालय प्रवेशमा कडाइ, सेवाग्राही मारमा – Nepal Press

सामाजिक विकास मन्त्रालय प्रवेशमा कडाइ, सेवाग्राही मारमा

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा सोमबार नागरिकलाई प्रवेशमा कडाइ गरिएको छ । मन्त्रालयका सचिव लोकनाथ पौड्यालले सुरक्षार्थ बसेका सुरक्षाकर्मीलाई निर्देशन दिएपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । जसकारण सेवाग्राही मारमा परेका छन् ।

‘स्वास्थ्य सेवा महासाखामा थोरै कागजात पेश गर्न भनेर आएको थिएँ । प्रहरी अवरोध र लामो सोधखोजका कारण म भित्र नै नगई फर्किएँ ।’ सेवाग्राही कमल न्यौपाने भन्छन्, ‘विगतका दिनमा मन्त्रालयमा सहजै आउन दिने, नाम टिपेर भित्र प्रवेश गर्ने चलन थियो । आज किन हो मन्त्रालय प्रवेशमा कर्डा गरिएको रहेछ । सुरक्षाकर्मीले पनि कारण भनेनन् ।’

मन्त्रालयको गेट बन्द भएबारे आफूहरुलाई जानकारी नभएको प्रदेश प्रहरीका डिआइजी बसन्तकुमार पन्त बताए । सामाजिक विकास मन्त्री दल रावलले आफूले गेट बन्द गर्न नलगाएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *