भारतमा राष्ट्रिय फिल्म पुरस्कारको घोषणा : कंगना सर्वश्रेष्ठ अभिनेत्री, बाजपेयी अभिनेता – Nepal Press

भारतमा राष्ट्रिय फिल्म पुरस्कारको घोषणा : कंगना सर्वश्रेष्ठ अभिनेत्री, बाजपेयी अभिनेता

दिल्ली । भारत सरकारले प्रदान गर्ने ६७ औं राष्ट्रिय पुरस्कार घोषणा भएको छ । सन् २०१९ मा निर्माण भएका फिल्म र कलाकारलाई समेटेर सरकारले पुरस्कार घोषणा गरेको हो ।

दिवगंत अभिनेता सुशान्तसिंह राजपूत अभिनित फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भएको छ । कंगान रनावतले मर्णिकर्णिका र पंगाबाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

मनोज वाजपेयीलाई फिल्म भोसेलबाट सर्वश्रेष्ठ अभिनेताको अवार्ड मिलेको छ । कोरोनाभाइरसको कारण अवार्ड घोषणामा ढिलाइ भएको थियो । सिक्किमलाई फिल्म छायांकनका लागि लोकप्रिय राज्यको रुपमा अवार्ड दिइएको छ ।

सूचना तथा प्रसारण मन्त्रालय मातहतको फिल्म फेस्टिभल निर्देशनालयले अवार्ड घोषणा गर्छ । सोहिनी चटोपाध्यायालाई उत्कृष्ट फिल्म समीक्षकको अवार्ड दिइएको छ ।

राष्ट्रपतिले पुरस्कार प्रदान गर्ने परम्परा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर