१५० कोरोना संक्रमित थपिए, तीनको मृत्यु, संक्रमण उकालो लाग्दै – Nepal Press

१५० कोरोना संक्रमित थपिए, तीनको मृत्यु, संक्रमण उकालो लाग्दै

काठमाडौं । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरसका १५० संक्रमित थपिएका छन् । थप तीनजनाको मृत्यु भएको छ ।

४ हजार ४७२ पीसीआर परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यही समयमा ९९ जना निको भएका छन् ।

कूल संक्रमित संख्या २ लाख ७६ हजार ०५६ पुगेको छ । कूल मुत्यु संख्या ३०१९ पुगेको छ । उपत्यकामा मात्र चौविस घन्टामा ८४ संक्रमित थपिएका छन् ।

बागमती प्रदेशमा ९६, गण्डकीमा २०, लुम्बिनीमा १९ संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर