सामुदायिक रेडियो पार्टी र नेताको प्रचार माध्यम बने : सञ्चारमन्त्री गुरुङ (भिडियो) – Nepal Press

सामुदायिक रेडियो पार्टी र नेताको प्रचार माध्यम बने : सञ्चारमन्त्री गुरुङ (भिडियो)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेकोले यसको नियमन गर्नु आवश्यक रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दापनि पार्टी र नेताहरुको चुनावी प्रचार-प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नका लागि नियमन आवश्यक रहेको टिप्पणी गरे ।

उनले भने, ‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरूमा पनि व्यक्तिहरूको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिदैनँ, जसले साच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियो चाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरिपनि हामीले समीक्षा गर्ने कि नगर्ने ?’

मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले आफूले उत्पादन गर्ने समाचार तथा कन्टेन्टहरूको विषयमा पनि नीतिगत रूपमा बहस गर्नुपर्ने सुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर