३१ लागिन् अनु : सविनसँग विहेबारे सोध्दा दिइन यस्तो जवाफ ! – Nepal Press

३१ लागिन् अनु : सविनसँग विहेबारे सोध्दा दिइन यस्तो जवाफ !

काठमाडौं । अभिनेत्री अनु शाह आजदेखि ३१ लागिन् । यी क्यूट एक्ट्रेस फिल्मसँगै सांगीतिक भिडियोमा समेत चर्चित छिन् । ‘द युगदेखि युगसम्म’ अभिनेत्री पछिल्लो समय प्रेम सम्बन्धले पनि चर्चामा छिन् ।

सोमबार बिहान पशुपतिमा पूजा गरेर अनुले दिनको शुरुवात गरिन् । धर्मा, नागरिक, बाजिगर, लक्ष्य, भैरव लगायतका फिल्ममा उनको लिड अभिनय छ ।

मृदुभाषी स्वभावकी अनु प्रायः आफ्ना नीजि जीवनलाई लिएर मौन हुन्छिन् । हालै उनले सामाजिक संजालमार्फत अभिनेता सविन श्रेष्ठसँगको आफ्नो सम्बन्धलाई खुलाइन् ।

सविनले काठमाडौंमा संचालनमा ल्याएको मोबाइल पसलको शुभारम्भ गर्न अनु पुगेकी थिइन् जहाँ उनलाई विहेबारे सोधियो । सविन आफ्नो नजिकको साथी भएको भन्दै उनले खुलेर विहे गर्ने कुरा गरिनन् । तर, उनको शब्दावली र बडि ल्यांग्वेजले सविनप्रतिको प्रेम दर्शाउँथ्यो ।

ठट्यौलीरुपमा प्रस्तुत हुँदै अनुले सविनसँग आफूले कफि सेयर गर्ने गरेको बताइन् । सार्वजनिक रुपमा खुलेर प्रेम व्यक्त नगरेपनि सविन र अनु चाँडै विहे गर्ने तयारीमा छन् । जुन कुरालाई उनीहरुले घुमाउरो तरिकाले स्वीकार्छन् पनि ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *