भारतीय लोकसभाका सभामुखलाई कोरोना देखिँदा नेपालका राजदूत क्वारेन्टाइनमा – Nepal Press

भारतीय लोकसभाका सभामुखलाई कोरोना देखिँदा नेपालका राजदूत क्वारेन्टाइनमा

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भेटेको भोलिपल्ट भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले एक विज्ञप्ती जारी गर्दै बिरलालाई संक्रमण भएको जनाएको हो ।

शुक्रबार गरिएको परिक्षणमा बिरलालाई संक्रमण पुष्टि भएको हो । त्यसको एकदिनपछि उहाँलाई एम्सको कोभिड वार्डमा भर्ना गरिएको हो । बिरलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको एम्सले जनाएको छ ।

राजदूत आचार्यले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । विरलालाई संक्रमण पुष्टि हुनासाथ आफू क्वारेन्टाइनमा बसेको राजदूत आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर