शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकका निर्णय (निर्णयसहित) – Nepal Press

शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकका निर्णय (निर्णयसहित)

काठमाडौ । सरकारले तत्कालिन पञ्चयती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या भएका दुइ जनालाई सहीद घोषणा गरेको छ । तीन दिन अघि चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । झापा विर्तामोड ९ का चन्द्र डाँगी र सोही जिल्लाकै बुद्धशान्ति गाउँपालिका १ का रामप्रसाद प्रधानलाई सरकारले सहीद घोषणा गरेको हो ।

यस्तै फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को बन्दाबन्दीको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको डिमाण्ड शुल्कको ५० प्रतिशत छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

मन्त्रिपरिषदका ४ वटा बैठकले गरेका निर्णय यस्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *