हिजो कता थियौं छाडिदिनुस्, आज के सत्य हो त्यो महत्वपूर्ण – टोपबहादुर रायमाझी – Nepal Press

हिजो कता थियौं छाडिदिनुस्, आज के सत्य हो त्यो महत्वपूर्ण – टोपबहादुर रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति आफूहरू लडिरहेको बताएका छन् ।

आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको विस्तारित बैठकमा मन्त्री रायमाझीले आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रूपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रित भइरहेको बताए ।

‘हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ, ‘ उनले भने, ‘यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरू अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो ।’

मन्त्री रायमाझीले भने, ‘कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *